सशस्त्र प्रहरीका परिचरको सेवा–सुविधा बढ्ने
काठमाडौैं । सशस्त्र प्रहरीका श्रेणीविहिन कर्मचारी(परिचर)को अब पाँच स्तर कायम भएको छ । त्यहीअनुसार उनीहरूको सेवा–सुविधा थप हुने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका श्रेणीविहिन कर्मचारीको पाँचस्तर कायम गरी सुरु तलबमान, ग्रेड संख्या र ग्रेडदर स्वीकृत गरेको छ । यसअघि सशस्त्र प्रहरीका परिचरको एउटै स्तर हुने गर्दथ्यो । अर्थ मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । यसले परिचर तहमा कार्यरत कर्मचारीको मनोबल बढ्ने सशस्त्र प्रहरीका अधिकारी बताउँछन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया