सशस्त्र प्रहरीका परिचरको सेवा–सुविधा बढ्ने
काठमाडौैं । सशस्त्र प्रहरीका श्रेणीविहिन कर्मचारी(परिचर)को अब पाँच स्तर कायम भएको छ । त्यहीअनुसार उनीहरूको सेवा–सुविधा थप हुने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका श्रेणीविहिन कर्मचारीको पाँचस्तर कायम गरी सुरु तलबमान, ग्रेड संख्या र ग्रेडदर स्वीकृत गरेको छ । यसअघि सशस्त्र प्रहरीका परिचरको एउटै स्तर हुने गर्दथ्यो । अर्थ मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । यसले परिचर तहमा कार्यरत कर्मचारीको मनोबल बढ्ने सशस्त्र प्रहरीका अधिकारी बताउँछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया