श्रीलंकाको संकटकाल हट्यो, राजपक्षे सरकार अल्पमतमा
काठमाडौं । चरम आर्थिक संकटमा फसेको श्रीलंकाले यसअघि घोषणा गरिएको संकटकाल हटाएको छ ।
त्यहाँका राष्ट्रपति गोतावाय राजपक्षले जारी संकटकाल हटाउने घोषणा मंगलबार गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा संकटकालसम्बन्धी अध्यादेश फिर्ता लिइएको उल्लेख छ ।
बिबिसी हिन्दीका अनुसार मंगलबार रातिदेखि नै यो लागू भइसकेको छ ।
श्रीलंका इतिहासमै पहिलो पटक चरम आर्थिक संकटमा फसेको छ । महामारीका कारण आम्दानीको मुख्य स्रोत पर्यटनमा आएको मन्दीले श्रीलंका आर्थिक रूपमा टाट पल्टिएको बताइन्छ । देशमा गहिरिँदो आर्थिक संकटबीच जनता सडकमा उत्रिएका थिए । प्रदर्शनले हिंसात्मक दिशा समात्न थालेपछि श्रीलंका सरकारले गत अप्रिल १ मा देशव्यापी संकटकाल घोषणा गरेको थियो ।
यसैबीच गोताबाया राजपक्षेको सरकार अल्पमतमा परेको छ । २७ मन्त्रीद्वारा सामूहिक राजीनामा पछि सत्ता टिकाउन अनेक हत्कण्डा अपनाइए पनि राजपक्षे दाजुभाइ सफल भएका छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया