१५ लाख घुससहित वडाध्यक्ष पक्राउ
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे १५ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भक्तपुरको गठ्ठाघरबाट बुधबार राति उनलाई घुससहित पक्राउ गरेको हो ।
घरको बाटो सिफारिस गर्न सेवाग्राहीसँग १५ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
त्यसैगरी, उनले चढ्ने कार र त्यसका चालक पदमबहादुर प्रधानलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
बादे गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया