आज सुनको मूल्यमा ७ सय रुपैयाँ गिरावट, तोलाको कति ?
काठमाडौं। बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पाँच सय कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको थियो ।
बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य एक लाख १६ हजार नौ सय ५० प्रतितोला रहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै प्रतितोला एक हजार ३ सय ९० कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया