परोपकार प्रसूति अस्पतालले माग्यो सिएलएमसी म्यानेजर
काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा पदपूर्ति गर्न अधिकृत सातौँ तहअन्तर्गत सिएलएमसी म्यानेजर माग गरेको हो ।
अस्पतालका अनुसार इच्छुक स्वास्थ्यकर्मीले सात दिन भित्र अस्पताल प्रशासनमा गई दरखास्त दिन सक्नेछन् भने उम्मेदवारको न्यूनतम योग्यता नेपाल सरकारबाट स्वीकृत प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तीण गरी नर्सिङ परिषदमा दर्ता भएको प्रमाणपत्रप हुनुपर्ने तोकेको छ ।
अस्पतालले स्वास्थ्यकर्मीको उमेर २१ वर्ष पूरा भई ४५ ननाघेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ । थप जानकारीका लागि अस्पतालको वेवसाइट http://pmwh.gov.np/मार्फत हेर्न सकिने छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया