परोपकार प्रसूति अस्पतालले माग्यो सिएलएमसी म्यानेजर

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा पदपूर्ति गर्न अधिकृत सातौँ तहअन्तर्गत सिएलएमसी म्यानेजर माग गरेको हो ।
अस्पतालका अनुसार इच्छुक स्वास्थ्यकर्मीले सात दिन भित्र अस्पताल प्रशासनमा गई दरखास्त दिन सक्नेछन् भने उम्मेदवारको न्यूनतम योग्यता नेपाल सरकारबाट स्वीकृत प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तीण गरी नर्सिङ परिषदमा दर्ता भएको प्रमाणपत्रप हुनुपर्ने तोकेको छ ।
अस्पतालले स्वास्थ्यकर्मीको उमेर २१ वर्ष पूरा भई ४५ ननाघेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ । थप जानकारीका लागि अस्पतालको वेवसाइट http://pmwh.gov.np/मार्फत हेर्न सकिने छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया