सशस्त्र प्रहरीमा यूनिट सरुवाको सुरुवात
काठमाडौं । सशस्त्र प्रहरी बलमा यूनिट सरुवाको सिष्टम सुरु भएको छ । संगठनलाई थप बलियो बनाउन भन्दै सशस्त्रले यस्तो सरुवा सुरु गरिएको हो ।
१२ वटा गुल्मको एकआपसमा यूनिट सरुवा गरिएको थप यूनिटहरुको पनि यसैगरी सरुवा गरिने सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र खड्काले बताए । यसले काजमा बस्ने प्रवृत्ति रोकिने र गण–गुल्ममा भातृत्व बढ्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
यूनिट सरुवा पूर्ण रुपमा कार्यान्वायन भने भइसकेको छ । यो वर्ष थप यूनिट सरुवा गर्ने सशस्त्र प्रहरीको तयारी छ ।
त्यस्तै सशस्त्रले कार्य सम्पादन मूल्याङकनलाई वैज्ञानिक बनाउन प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको नियमित रुपमा गोप्य प्रतिवेदन फारम भर्ने व्यवस्था मिलाई त्यसैको आधारमा कार्य सम्पादन मुल्याङकन गर्न थालिएको एसएसपी खड्काले बताए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया