NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सशस्त्र प्रहरीमा यूनिट सरुवाको सुरुवात

काठमाडौं । सशस्त्र प्रहरी बलमा यूनिट सरुवाको सिष्टम सुरु भएको छ । संगठनलाई थप बलियो बनाउन भन्दै सशस्त्रले यस्तो सरुवा सुरु गरिएको हो ।

१२ वटा गुल्मको एकआपसमा यूनिट सरुवा गरिएको थप यूनिटहरुको पनि यसैगरी सरुवा गरिने सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र खड्काले बताए । यसले काजमा बस्ने प्रवृत्ति रोकिने र गण–गुल्ममा भातृत्व बढ्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
यूनिट सरुवा पूर्ण रुपमा कार्यान्वायन भने भइसकेको छ । यो वर्ष थप यूनिट सरुवा गर्ने सशस्त्र प्रहरीको तयारी छ ।

त्यस्तै सशस्त्रले कार्य सम्पादन मूल्याङकनलाई वैज्ञानिक बनाउन प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको नियमित रुपमा गोप्य प्रतिवेदन फारम भर्ने व्यवस्था मिलाई त्यसैको आधारमा कार्य सम्पादन मुल्याङकन गर्न थालिएको एसएसपी खड्काले बताए ।