दिल्लीमा बाक्लो कुहिरो र चिसोले उडान सेवा प्रभावित
एजेन्सी । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।
दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसै गरी दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला शुरु गरिएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो ।
उत्तर रेलवेका अनुसार हावडा -नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर -नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ-नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ-दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस-नयाँ दिल्ली एक्सप्रेस र कटिहार-अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए ।
आइएमडीले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । यसैबीच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ ।
यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ ।
यसैग, उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५० मिटरको दृश्यता रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया