नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ
पाटन । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनसिहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनै जनालाई रु दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया