जनयुद्धकालीन मुद्दामा नेसपाका केन्द्रीय सदस्य पक्राउ, बाबुरामको आपत्ति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन् । तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डरसमेत रहेका पुनलाई जनयुद्धकालीन मुद्दामा पक्राउ गरिएको हो ।
नेसपाका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुनको पक्राउप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष तत्काल रिहाइको माग गरेका छन् ।
‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया