NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

जनयुद्धकालीन मुद्दामा नेसपाका केन्द्रीय सदस्य पक्राउ, बाबुरामको आपत्ति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन् । तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डरसमेत रहेका पुनलाई जनयुद्धकालीन मुद्दामा पक्राउ गरिएको हो ।

नेसपाका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुनको पक्राउप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष तत्काल रिहाइको माग गरेका छन् ।

‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष