सलमान खानले पूरा गरे क्यान्सरपीडित फ्यानसँग गरेको वाचा
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले एक क्यान्सरपीडित फ्यानसँग गरेको वाचा पूरा गरेका छन् ।
उसो त सलमान खान फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि निकै सहयोगी र सामाजिक छन् । उनले आफ्नो नौ वर्षीय फ्यान जगनबीरलाई परिवारसहित घरमा नै बोलाएर एकसाथ समय बिताएका छन् ।
चार वर्षको उमेरदेखि क्यान्सरसँग जुधेका जगनबीरले सन् २०१८ मा मुम्बईस्थित टाटा मेमोरियल अस्पतालबाटै भिडियो बनाएर सलमानसँग भेट्ने इच्छा जाहेर गरेका थिए । किमोथेरापी चलिरहेकै बेला सलमान त्यस समय अस्पतालमै गएर ती बालकलाई भेटेका थिए तर त्यो समयमा क्यान्सरकै कारण जगनबीरले आँखा देख्न सक्दैनथे ।
उक्त भेटमा सलमानले जगनबीरले क्यान्सरलाई जितेर च्याम्पियन बनेमा फेरि भेट्ने वाचा गरेका थिए । सोही वाचा पूरा गर्दै पाँच वर्षपछि सलमानले जगनबीरलाई घरमै बोलाएर समय दिएका हुन् ।
खुशीको कुरा के हो भने जगनबीर अहिले आँखा पनि देख्न सक्ने भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया