सलमान खानले पूरा गरे क्यान्सरपीडित फ्यानसँग गरेको वाचा
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले एक क्यान्सरपीडित फ्यानसँग गरेको वाचा पूरा गरेका छन् ।
उसो त सलमान खान फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि निकै सहयोगी र सामाजिक छन् । उनले आफ्नो नौ वर्षीय फ्यान जगनबीरलाई परिवारसहित घरमा नै बोलाएर एकसाथ समय बिताएका छन् ।
चार वर्षको उमेरदेखि क्यान्सरसँग जुधेका जगनबीरले सन् २०१८ मा मुम्बईस्थित टाटा मेमोरियल अस्पतालबाटै भिडियो बनाएर सलमानसँग भेट्ने इच्छा जाहेर गरेका थिए । किमोथेरापी चलिरहेकै बेला सलमान त्यस समय अस्पतालमै गएर ती बालकलाई भेटेका थिए तर त्यो समयमा क्यान्सरकै कारण जगनबीरले आँखा देख्न सक्दैनथे ।
उक्त भेटमा सलमानले जगनबीरले क्यान्सरलाई जितेर च्याम्पियन बनेमा फेरि भेट्ने वाचा गरेका थिए । सोही वाचा पूरा गर्दै पाँच वर्षपछि सलमानले जगनबीरलाई घरमै बोलाएर समय दिएका हुन् ।
खुशीको कुरा के हो भने जगनबीर अहिले आँखा पनि देख्न सक्ने भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया