अर्थ मन्त्रालयद्वारा गृहमन्त्रीको उपचार खर्चको भुक्तानी अस्वीकार
काठमाडौं । नियम मिचेर बिल पेश गरेको भन्दै अर्थ मन्त्रालयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचार खर्चको भुक्तानी दिन अस्वीकार गरेको छ । गृहमन्त्री श्रेष्ठले दुई लाख ३२ हजार दुई सय ८४ रुपैयाँ ३२ पैसाको भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेका थिए ।
मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०४९ अनुसार मन्त्रीहरुले स्वेदशमै उपचार गराउँदा बिल बराबरको रकम सरकारबाट पाउने व्यवस्था छ । बिलसँगै चिकित्सकले सिफारिस गरेको प्रेस्क्रिप्सनको प्रतिलिपि समेत आवश्यक हुने प्रावधान छ । प्रेस्क्रिप्सन पेश नगरेको भन्दै अर्थ मन्त्रालयले भुक्तानी अस्वीकार गरेको हो । प्रक्रिया पुरा गरेर भुक्तानीका लागि लेख्न अर्थले गृहलाई गत ९ माघमा निर्देशन दिएको छ । भुक्तानीका लागि आवश्यक कागजपत्र नै पेश नगरेकाले भुक्तानी नदिइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
मुटुमा समस्या भएपछि दुई महिनाअघि गृहमन्त्री श्रेष्ठले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएका थिए । त्यसको बिल उनले भुक्तानीका लागि पेश गरेका हुन् ।
यसले एकातर्फ २ लाख उपचार खर्च पनि राज्यबाटै लिने र अर्काेतर्फ मन्त्रीले समेत बिल भुक्तानीका लागि प्रक्रिया पुरा नगर्ने प्रवृत्ति उजागर गरेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया