गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकको ठक्कर

काठमाडौं । गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ ।
नेपालगन्जबाट दाङ लमहीको जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले रिमालसहित अन्य सवार गाडीलाई ट्रकले ठक्कर दिएको हो ।
दाङ लमही महोत्सवमा जाँदै गर्दा सो दुघटना भएको भन्दै गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् । उनले सो कारण आज हुने भनिएको प्रस्तुति भोलि हुने पनि जानकारी गराएकी छिन् ।
सोही गाडिमा सवार पत्रकार शिवु खनालले सामाजिक सञ्जालमार्फत आफूहरु ठूलो दुर्घटनाबाट बचेको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया