एसियाडका लागि विशेष प्रशिक्षण सोमबारदेखि
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले नियमित राष्ट्रिय टोली तयारीको प्रशिक्षण र व्यापक अन्तर्राष्ट्रिय सहभागितालाई उच्च प्राथमिकता दिएर पहिलो चरणमा पाँच खेलको तयारी प्रशिक्षण थालिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सदस्य–सचिव घिसिङले विगतको समग्र नतिजा र उपलब्धिलाई दृष्टिगत गरी पहिलो चरणमा तेक्वान्दो, कराते, उसु, बक्सिङ र जुडोको तयारी प्रशिक्षण सुरु गर्न लागिएको बताउँदै क्रमैसँग अन्य खेलको पनि तयारी थाल्ने बताए । उनले पाँचौँ एसियाली पारा खेलकुदको पनि तयारी सुरु गर्ने उल्लेख गरे ।
राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस परीक्षण, डाइट एन्ड न्युट्रिसन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योगा कक्षा, स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण, डोपिङसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि हुने जानकारी दिए ।
विशेष प्रशिक्षणमा रहेका पाँच खेलमा २९ पुरुष र २१ महिला खेलाडी रहेका छन् । प्रत्येक खेलका लागि समान दुई–दुई गरी १० प्रशिक्षक खटिनेछन् । कुनै पनि एसियाली खेलकुद सम्पन्न भएको छोटो समयमा अगामी संस्करणका लागि राखेपले तयारी थालेको यो पहिलोपटक हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया