२० निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । २० निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् । कबुलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगन कार्यालयले यी कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभिन्न निकायबाट लेखी आएबमोजिम यी निर्माण कम्पनीलाई माघ १४ को निर्णयानुसार कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । टेण्डर प्रक्रियाबाट छनोट भएका कम्पनी तथा सप्लायर्सले कबोलअनुसारको काम नगरेमा सम्बन्धित सरकारी निकायले कालोसूचीमा राख्न पत्राचार गरेको खण्डमा कार्यालयले यसबारे निर्णय लिनसक्ने प्रावधान छ ।
कालोसूचीमा परेका कम्पनीमा लोहनी एण्ड ब्रदर्स, जे.के बिल्डर्स, सर्मिला निर्माण सेवा, ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि, देवीरमण कन्स्ट्रक्सन प्रालि, खड्गदेवी कन्स्ट्रक्सन प्रालिलगायत छन् । यी निर्माण कम्पनीलाई १ देखि तीन वर्षसम्म कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै कालोसूचीमा परेको अवधिभर यी कम्पनीले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने प्रष्ट पारेको छ ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया