आजको सेयर बजार : सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्सको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता सेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक तीन दशमलव ५६ प्रतिशतले बढेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आठ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको रु ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया