आजको सेयर बजार : सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्सको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता सेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक तीन दशमलव ५६ प्रतिशतले बढेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आठ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको रु ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया