गणेश थापाका छोराले पनि छाडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रहेका गणेश थापापुत्र अभिषेकले पार्टी परित्याग गरेका छन् ।
उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी बुधबार राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
राप्रपाको बढ्दो विचलनले पार्टीमा रहन अप्ठ्यारो महसुस भएकाले अलग भएको उनले जनाएका छन् ।
‘पार्टीमा बढ्दै गएको विचलनका कारण राप्रपामा बसिरहन अप्ठ्यारो महसुस भएकाले आजकै मितिबाट राप्रपाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको छु,’ थापाले राप्रपा अध्यक्षलाई बुधबार बुझाएको राजीनामा पत्रमा भनिएको छ ।
अभिषेक ०६४ देखि राप्रपामा सक्रिय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यार्थी संगठनको पूर्वसचिवसमेत रहेका थापा हालै सम्पन्न राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राप्रपाको महाधिवेशनमा कमल थापा पराजितपछि थापा परिवार त्यहाँबाट वहिर्गमन भइरहेका छन् । अभिषेक त्यसका पछिल्लो कडी हुन् ।
गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
अर्को शुक्रबार बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
-
कांग्रेसलाई ओलीको आग्रह : संसद्को गतिरोध अन्त्य गर्नुहोस्
-
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा
-
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
-
पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी
प्रतिक्रिया