गणेश थापाका छोराले पनि छाडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रहेका गणेश थापापुत्र अभिषेकले पार्टी परित्याग गरेका छन् ।
उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी बुधबार राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
राप्रपाको बढ्दो विचलनले पार्टीमा रहन अप्ठ्यारो महसुस भएकाले अलग भएको उनले जनाएका छन् ।
‘पार्टीमा बढ्दै गएको विचलनका कारण राप्रपामा बसिरहन अप्ठ्यारो महसुस भएकाले आजकै मितिबाट राप्रपाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको छु,’ थापाले राप्रपा अध्यक्षलाई बुधबार बुझाएको राजीनामा पत्रमा भनिएको छ ।
अभिषेक ०६४ देखि राप्रपामा सक्रिय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यार्थी संगठनको पूर्वसचिवसमेत रहेका थापा हालै सम्पन्न राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राप्रपाको महाधिवेशनमा कमल थापा पराजितपछि थापा परिवार त्यहाँबाट वहिर्गमन भइरहेका छन् । अभिषेक त्यसका पछिल्लो कडी हुन् ।
गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया