‘जनताको पार्टी कांग्रेस हो’ भन्ने विश्वास दिलाउने प्रयासमा छौँ : निधि
दाङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरिएको बताएका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार भेटमा पूर्वगृहमन्त्री निधिले अभियानका क्रममा सुमदायमा तीन तहका सरकारले गरेका विकास– निर्माणका गतिविधि, जनताका समस्या बझ्नेदेखि समाधानका लागि पहल गर्नेसम्मका प्रक्रिया प्रारम्भ, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र ‘जनताको पार्टी कांग्रेस हो’ भन्ने विश्वास दिलाउन प्रयास गरिने बताए ।
नेता निधिले यो अभियान आगामी २०८४ सालमा हुने निर्वाचनलाई केन्द्रित गरेर सञ्चालन भएकाले इमान्दाररुपमा सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए। उनले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग वाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्ने बताए ।
नेता निधिले सङ्घीयताको मर्मअनुसार प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्ने बताए। त्यसका लागि प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी, कर्मचारी सङ्गठन निर्माणसँगै कामका लागि केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया