आज प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा प्रतितोला पाँच सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १९ हजार दुई सय र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया