NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १ गते

प्रहरीमा डिआइजीको दुई बिशेष दरबन्दी

काठमाडौैैं । नेपाल प्रहरीमा डिआइजीको दुई बिशेष दरबन्दी राख्ने निर्णय सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र केनाइन महाशाखामा डिआइजीको बिशेष दरबन्दी थप्न स्वीकृती दिएको छ ।

यसअनुसार साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्याल र केनाइन महाशाखाकी प्रमुख देउती गुरुङ डिआइजीमा बढुवा हुने भएका छन् । उनीहरुको अवकाशसँगै ती पद खारेज हुनेछन् । प्रहरीमा बिशेषज्ञ सेवा आवश्यक भएकाले बिशेष दरबन्दी राखेर उनीहरुको बढुवा गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

त्यस्तै, सवारी महाशाखाको एसएसपीको एक दरबन्दी र प्रहरी ब्यान्डतर्फको एसपीको एक दरबन्दी प्रशासनतर्फ स्थानान्तरण गरी ती पदमा बढुवाको तयारी भइरहेको छ । यससँगै १० डिएसपी एसपीमा बढुवा हुनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष