आगो ताप्दा सासू बुहारीको मृत्यु
डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् ।
एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।
उनकाअनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले गरे विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
-
कस्तो छ आज सुनचाँदीको बजार मूल्य ?
-
‘गृहमन्त्रीले सदनमा अर्कालाई प्रश्न गर्ने होइन, आफूमाथि उठेका प्रश्नको जवाफ दिने हो’
-
एमएचपीएलले ल्यायाे ट्रेण्डसेटिङ ‘माेबाइल एप’
प्रतिक्रिया