कोलम्बियालाई हराउँदै पेरु विश्वकप छनोटको चौथो स्थानमा

काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको छनोटमा पेरुले कोलम्बियालाई १–० गोल अन्तरले हराएको छ ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा पेरुले कोलम्बियालाई पराजित गरेको हो ।
योसँगै १५ खेलमा २० अंक जोडेको पेरु चौथो स्थानमा उक्लिएको छ । पेरुको जितका लागि एडिसन फ्लोरेसले खेलको ८५ औँ मिनेटमा निर्णयक गोल गरे । कोलम्बिया १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी शनिबार नै भएको अर्को खेलमा बोलिभिया भेनेजुएलासँग पराजित भएको छ । भेनेजुएलाले घरेलु मैदानमा भएकाे खेलमा १० खेलाडीमा बोलिभियालाई ४–१ को गाेल अन्तरले पराजित गरेको हो ।
प्रतिक्रिया