चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । उक्त आगोले दुई तले घर जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको उनले बताए ।
आगलागीपछि हामफालेर भाग्ने क्रममा सोही घरमा भाडामा बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन् । कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया