पूर्वडिआइजीको घरमा प्रहरीको छापा

काठमाडौं । पूर्वडिआइजी छविलाल जोशी बञ्जाडेको घरमा प्रहरीले छापा हानेको छ । सहकारी ठगीसम्बन्धि घटनाको अनुसन्धानमा शंखमुलस्थित उनको घरमा बुधबार प्रहरीले छापा हानेको हो ।
जोशी ग्यालेन्सी टिभीका पूर्व साझेदार हुन् । सो टिभीका मुख्य लगानीकर्ता जिबी राई सहकारी ठगी मुद्दामा फरार छन् । सहकारीसम्बन्धि केही विवरण जोशीको घरबाट फेला परेको स्रोत बताउँछ ।
सहकारीको पैसा अवैध रुपमा टेलिभिजनमा लगाएको अनुसन्धानमा भेटिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि समेत केहीले छानबिनको माग गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया