औचित्यका आधारमा गठबन्धन हुन्छ : नेता डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकां कन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पारे । नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र नेकां केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताए ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न भएको सहमति सुन्दर पक्ष हो भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गरे । एक प्रश्नको जवाफमा नेता कोइरालाले नेविसङ्घ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी सभापतिको अधिकार भएको हो र त्यसमा कुनै विरोध नरहेको बताए ।
मुलुकको अर्थतन्त्र जोगाउन विलाशिताको सामानलगायत सुपारी, मरिच, मटर र छोकडाको आयात बन्द गर्नुपर्नेमा उनले जोड दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया