चार वर्षीय छोरी कुट्ने बुबा धरौटीमा रिहा
हेटौँडा । आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ ।
बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया