कस्तो रहला आजको मौसम ?
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली भइरहे पनि बाँकी भूभागको मौसम आज सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का हिमपात हुनसक्छ ।
सोमबार राति दुई प्रदेश कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । अन्य भागको मौसम भने राति सफा रहने महाशाखाले जनाएको छ ।
मंगलबारको मौसम पनि सोमबारको जस्तै रहनेछ । बुधबार भने केही स्थानमा वर्षाको आकलन गरिएको छ । मौसमविद्का अनुसार बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया