भिड बढेपछि मलेसियामा रोकियो कलाकार सुरेश लामाको सांगितिक कार्यक्रम
काठमाडौं । कलाकार सुरेश लामाकाे सांगितिक कार्यक्रम राेकिएकाे छ । सोनाम ल्होछारको अवसरमा माघ २७ गतेका लागि कलाकार सुरेश लामाको मलेसियामा तय भएको कार्यक्रम मंचको कार्यक्रम मात्रै गरेर स्थगित भएको हो ।
एक हजार अट्ने हलमा झण्डै सात हजार आएपछि कार्यक्रम स्थगित गरिएको हो । मलेसियाको स्थानीय प्रशासन र ग्राण्ड होटलले कार्यक्रम स्थगित गरेको हो । मानिसहरुको भिड अत्यधिक भएकोले स्थानीय प्रशासनले कार्यक्रम स्थगित गर्नका लागि आयोजकलाई आग्रह गरेको थियो ।
भिडले गर्दा रोड जामसमेत भएको थियो । कार्यक्रममा लागि मलेसियालगायत थाइल्यान्ड , म्यानमार, सिंगापुर, देखि मानिसहरु आएका थिए । अलरेस परिवार र सुरेस लामाको क्रेज आयोजकले थाहा नपाउँदा समस्या भएको हो । नसोचेको मानिस आएपछि कार्यक्रम स्थगित गर्नुपरेको अलरेश परिवार मलेशियाका सल्लाहकार प्रेम लिम्बुले बताएका छन् । नेपाल तामाङ घेदुङ संघ मलेसियाले आयोजना गरेको कार्यक्रममा नेपाली राजदुतावास मलेसिया,प्रवासी नेपाली मंच , अलरेस फ्यामेलि मलेसिया लगायतका अन्य धेरै संघ सस्था सहयोगीका रूपमा रहेका थिए ।
अत्याधिक उपस्थिति र भीडले रोकिएको उक्त कार्यक्रम माघ २८ गते शहलाम २१, पानासोनिक स्टेडियममा सम्पन्न गरिएको थियाे । साङ्गितिक कार्यक्रममा अलरेश किङ्ग सुरेश लामा, प्रथम नेपाल आइडल बुद्ध लामा लगायतको प्रस्तुति रहेको थियाे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया