आवश्यकता अनुसार कानुन बन्न सकेन : राष्ट्रियसभा अध्यक्ष

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए । “सरकारले नै विधेयक ल्याउन सकेन”, उनले भने । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
उनले भने, “राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमा नै पास गरेर पठाएका छौँ ।” सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया