लिग टूका लागि नेपाली टिम घोषणा, अनिल र देव समेटिए, अर्जुन र रिजन बाहिर
काठमाडौं । आइसिसी विश्वकप लिग टू क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मन्टी देशाईले १५ जनाको टिम घोषणा गरेका हुन् ।
देशाईले टिममा दुई नयाँ खेलाडीलाई समेटेर दुई जनालाई बाहिर राखेका छन् । क्यानडाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका अनिल साह र देव खनाललाई समेटेर देशाईले नयाँ टिम घोषणा गरेका हुन् । साहर खनाल इन हुँदा अर्जुन साउद र रिजन ढकाल भने टिममा परेनन् ।
रोहित पौडेल कप्तान रहने गरी घोषणा भएको टिममा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ रहनेछन् ।
लिग टूको पहिलो खेल बिहीबार नेपालले नामिवियासँग खेल्दैछ । त्यसैगरी १७ फेब्रुअरीमा नेदरल्याण्ड्स, २१ फेब्रुअरीमा पुनः नामिविया र २५ फेब्रुअरीमा नेदरल्याण्डससँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।
सबै खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ मा सुरु हुनेछन् । डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गो एप्सबाट सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया