लिग टूका लागि नेपाली टिम घोषणा, अनिल र देव समेटिए, अर्जुन र रिजन बाहिर
काठमाडौं । आइसिसी विश्वकप लिग टू क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मन्टी देशाईले १५ जनाको टिम घोषणा गरेका हुन् ।
देशाईले टिममा दुई नयाँ खेलाडीलाई समेटेर दुई जनालाई बाहिर राखेका छन् । क्यानडाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका अनिल साह र देव खनाललाई समेटेर देशाईले नयाँ टिम घोषणा गरेका हुन् । साहर खनाल इन हुँदा अर्जुन साउद र रिजन ढकाल भने टिममा परेनन् ।
रोहित पौडेल कप्तान रहने गरी घोषणा भएको टिममा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन शर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ रहनेछन् ।
लिग टूको पहिलो खेल बिहीबार नेपालले नामिवियासँग खेल्दैछ । त्यसैगरी १७ फेब्रुअरीमा नेदरल्याण्ड्स, २१ फेब्रुअरीमा पुनः नामिविया र २५ फेब्रुअरीमा नेदरल्याण्डससँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।
सबै खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ मा सुरु हुनेछन् । डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गो एप्सबाट सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
ताजा अपडेट
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
-
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिक्रिया