ललितानिवास जग्गा भ्रष्टाचारमा आंशिक ठहरको फैसला
काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना भ्रष्टाचार मुद्दामा बिशेष अदालतले बिहीबार फैसला गरेको छ । विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । बिशेषले आंशिक ठहरको फैसला गरेको छ ।
फैसलाअनुसार मालपोतका कर्मचारी कलाधर देउजा, शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई मुख्य कसुरदार मानी सजाय सुनाएको छ । साथै सबै जग्गा जफत हुने ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ ०७६ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो । सरकारका नाममा हुनुपर्ने एक सय ३६ रोपनीभन्दा बढी जग्गा योजनाबद्ध तरिकाले विभिन्न मितिमा कैफियतयुक्त गैरकानुनी निर्णयहरू गरी–गराई अनधिकृत व्यक्ति तथा संस्थाहरूका नाममा पु¥याएको दाबीसहित मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया