महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सृजनशील बाल प्रतिभा कार्यक्रम गर्दै
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सृजनशील बाल प्रतिभा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले बिहिबार सूचना प्रकाशन गदैं असाधारण एंव सृजनशील बालबालिकाको प्रतिभालाई कदर गर्ने उदेश्यले उक्त प्रोत्साहन कार्यक्रम आयोजन गर्न लागेको जानकारी गराएको हो ।
बालबालिकाले विज्ञान, साहित्य, खेलकुद लगायतका क्षेत्रमा गरेका सृजना तथा उल्लेखनीय योगदानवापद त्यस्ता बालबालिकाको निम्ति सम्मान सिफारिस गर्न सृजनशील बाल प्रतिभा प्रोत्साहन छनौट कार्यविधि ०७७ को अनुसूची ३ अनुसारको ढाँचामा आवेदन दिन मन्त्रालयले आवहा्न गरेको छ । मन्त्रालयले ३० दिन भित्र आवेदन दिनसमेत सूचित गरेको छ ।
यस सम्बन्धी थप जानकारीका लागि मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया