NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सृजनशील बाल प्रतिभा कार्यक्रम गर्दै

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सृजनशील बाल प्रतिभा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले बिहिबार सूचना प्रकाशन गदैं असाधारण एंव सृजनशील बालबालिकाको प्रतिभालाई कदर गर्ने उदेश्यले उक्त प्रोत्साहन कार्यक्रम आयोजन गर्न लागेको जानकारी गराएको हो ।

बालबालिकाले विज्ञान, साहित्य, खेलकुद लगायतका क्षेत्रमा गरेका सृजना तथा उल्लेखनीय योगदानवापद त्यस्ता बालबालिकाको निम्ति सम्मान सिफारिस गर्न सृजनशील बाल प्रतिभा प्रोत्साहन छनौट कार्यविधि ०७७ को अनुसूची ३ अनुसारको ढाँचामा आवेदन दिन मन्त्रालयले आवहा्न गरेको छ । मन्त्रालयले ३० दिन भित्र आवेदन दिनसमेत सूचित गरेको छ ।

यस सम्बन्धी थप जानकारीका लागि मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ ।