गैरसांसद बन्दी कानुनमन्त्री, बडुलाई उद्योगको जिम्मा
काठमाडौं । गैह्र सांसद गोविन्द बन्दीलाई कानुनमन्त्री बनाइएको छ ।
अधिवक्ता बन्दीलाई सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले आजै सपथ लिंदैछन् ।
यस अघि कानुनमन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको छ ।
बन्दी माधव नेपाल निकटका अधिवक्ता हुन् ।
एमसिसी पास गर्न सत्ता गठबन्धनलाई मनाउने व्याख्यात्मक घोषणा तयार गर्न बन्दीले प्रमुख भूमिका खेलेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्धमा सर्वोच्चमा बन्दीले बहस गरेका थिए । ओलीले दुवैपटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले रिट लेख्नेदेखिका काममा सत्तारुढ दल निकट भएर काम गरेका थिए । यही निकटताले उनलाई मन्त्री हुने अवसरसम्म आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया