NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

लुम्बिनीका प्रदेश सांसदविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादबविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति रुख कटान गर्दा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

हाल लुम्बिनी प्रदेशसभाका सांसद रहेका यादब त्यसबेला वन व्यवस्थापन समितिका अध्यक्ष थिए । काठ बिक्रि गर्दा भ्रष्टाचार गरेको अभियोग छ । १६ कर्मचारीसहित आयोगले १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन ईकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेब महतो ,रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसादलाई पनि प्रतिवादी बनाएको छ ।

त्यस्तै, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षा कुर्मी (चौधरी), वन रक्षक सन्जय थारु, वन रक्षक संजय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वन रक्षक बासुदेव गोडियाविरुद्ध पनि मुद्दा दायर गरेको छ । गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका संचालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद बिक्री सेन्टरकी प्रोपाइटर गिता जिसीविरुद्ध मुद्दा दायर गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष