नेपाली नागरिकलाई सिमकार्ड दिन भारत तयार
काठमाडौं ।भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन् । नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जानकारी दिएको छ ।
‘अब नेपाली नागरिकले भारतमा सिमकार्ड लिन पाउनेछन् । उपचारदेखि अध्ययन र तीर्थाटन गर्न आउने नेपालीले सामना गर्दै आएको समस्या अब समाधान भएको छ,’ भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भने, ‘पासपोर्ट, नागरिकता वा निर्वाचन परिचयपत्रमध्ये एउटा कागजका आधारमा नेपाली नागरिकले अब सिमकार्ड प्राप्त गर्ने सुनिश्चित भयो । यसको कार्यान्वयन गर्न एक साताजति समय लाग्छ भन्ने जानकारी आएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया