लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५, बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया