महिलाको गोप्य तस्वीर खिच्ने डिएसपी धरौटीमा छुटे

काठमाडौं । रेष्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्वीर तथा भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका तुलसिंह केसीलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले डिएसपी केसीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । केसी पक्राउ परेको १० दिनपछि धरौटीमा छुटेका हुन् ।
गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टमा पक्राउ परेका थिए । रेष्टुरेन्टमा आएकी एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले मोबाइलबाट तस्वीर तथा भिडियो खिचेका थिए । जसमा महिलाले उजुरी दिएकी थिइन् ।
मुलुकी अपराध संहिताको दफा १२१ अनुसारको कसुरअनुसार उनीविरुद्ध आइतबार मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया