NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सत्तागठबन्धन भत्कियो, एमाले–माओवादी फेरि एक ठाउँमा

काठमाडौं ।कांग्रेस–माओवादीलगायत दल सम्मिलित सत्ता गठबन्धन पुनः भत्किएको छ । अब फेरि एमाले र माओवादी सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।

एमाले र माओवादी केन्द्रका नेताबीच गएराति भएको छलफलमा यस्तो सहमति बनेको हो ।

माओवादीसँग निरन्तर संवादमा रहेका एक एमाले नेताले माओवादी कांग्रेससँग गठबन्धन तोडेर आफूहरूसँगै सहकार्य गरेर अघि बढ्न तयार भएको जानकारी दिए ।

‘प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो दलका नेतासँग गएराति संवादमा बसेका थियौं । त्यसमा एमाले–माओवादी सरकारलगायतमा सहकार्य गरेर जाने सहमति भएको छ,’ ती नेताले भने ।

एमाले र माओवादीबीच गएराति भएको सहमतिअनुसार, अब प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ ।

सरकारमा रास्वपालगायत अरु दल आउने बताइए पनि यो भने टुंगिन बाँकी छ ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । एमाले स्रोतका अनुसार एमालेसँको सहमतिअनुसार सत्ता गठबन्धनबाट अलग भएको जानकारी दिन प्रचण्डले देउवालाई भेट्न लागेका हुन् ।

सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमै प्रधानमन्त्री बनेका थिए । बीचमा यो गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गरेका उनी पुनः एमालेतिरै फर्किएका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष