देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकष्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकष्मिक बैठक बोलाएका छन् ।
देशको राजनीतिमा देखापरेको नयाँ घटनक्रमबारे छलफल गर्न देउवाले आकष्मिक बैठक डाकेका हुन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएराति कांग्रेससँग गठबन्धन टुटाएर एमालेसँग सहकार्य गर्ने समझदारी गरेका छन् । प्रचण्डले नयाँ कदम चालेसँगै देशको राजनीति तीव्र रुपमा तरंगित छ ।
कांग्रेसका एक नेताले राजनीतिमा फेरिएको नयाँ परिदृश्यमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न पार्टी सभापति देउवाले पदाधिकारी बैठक डाकेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहमतिअनुसार देउवालाई गठबन्धन टुटेको जानकारी दिने तयारी गरेका छन् । तर देउवा प्रचण्डको असन्तुष्टि सम्बोधन गरेरै भए पनि उनलाई रोक्ने अन्तिम प्रयासमा छन् ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया