तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिकाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।
सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यस्तै, सोरु–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए ।
ताजा अपडेट
-
पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी
-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा इजरायल र इरानबीच पूर्ण युद्धविराम हुने दाबी
प्रतिक्रिया