झन् महंगियो सुन
काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्यले आइतबार पनि इतिहास कायम गरेको छ ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मै उच्च मूल्य हो ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो । आइतबारको लागि तेजावी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया