कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो ।
प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो । जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन् ।
आज बस्ने बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया