धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु
भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया