धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु
भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली


प्रतिक्रिया