घट्यो सुनकाे मूल्य
काठमाडौ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो ।
महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया