सत्ता गठबन्धनबीच सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।
आज काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।
उनले भने, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।”
अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने,, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया