मानव संसाधन विकास केन्द्रद्वारा १३३ जना स्वयंसेवक माग
काठमाडाैं । मानव संसाधन विकास केन्द्र सुर्खेतले १३३ जना स्वंयसेवक माग गरेको छ । केन्द्रले आज सूचना जारी गर्दै सामाजिक विकास मन्त्रालय स्वंयसेवक सचिवालयको कार्यालय, कर्णालीको लागि स्वंयसेवक माग गरेको हो ।
केन्द्रले स्वंयसेवक परिचालन कार्यक्रमअन्तर्गत स्वंयसेवक भई काम गर्न इच्छुक व्यक्तिका लागि हेल्थ असिस्टेण्ड, सव इन्जिनियर, अमिनगायतको पदमा १३ तहमा जिल्लागत प्राविधिक स्वंयसेवक माग गरेको छ ।
कार्यालयले चौथो तहदेखि पाँचौ तहसम्म कार्यालय स्वंयसेवक प्राविधिक ११ जिल्लाको लागि मागेको छ । कार्यालयलका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएदेखि १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । कार्यालयले उम्मेदवारको उमेर हद १८ वर्ष पुरा भई ४० ननाघेको तोकेको छ ।
थप जानकारीका लागि मन्त्रालयको वेवसाइटमा गएर हेर्न सकिनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया