युनेस्को अवार्डका लागि आवेदन आह्वान
काठमाडौं । सयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ ।
नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ । नेपालमा महिला र बालबालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्ति वा संस्थाले तोकिएको मापदण्डको आधारमा रही पुरस्कारका लागि आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने सचिवालयले जनाएको छ ।
आवेदनमाथि आयोगको सचिवालयले छनोट गरी सिफारिस हुने र युनेस्कोको विश्वस्तरका निर्णायक समूहबाट अन्तिम छनोट हुने जनाइएको छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया