NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २८ गते

हुम्ला पुग्यो पोषणयुक्त चामल

सिमकोट । हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ ।

पैदल र हवाइमार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताए।

खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकरी दिए । चामलमा आठ प्रकारका पौष्टिक तत्व मिसाइएको छ ।

यसैबीच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए । पौष्टिक तत्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष