हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
दमक । जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार, कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको आक्रमणमा परी ज्यान गएको हो ।
छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा उनीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष विष्टले बताए ।
लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए ।
एक वर्षअघि पनि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो । जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् ।
यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ भने सात जना घाइते भएका डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताइन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया